गुल्मी- गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका तीन युवा कृषकहरुलाई सम्मान गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–५ सिस्तुङमा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेर कृषि पेसालाई अंगाल्दै आएका युवा कृषकलाई कृषि पेशामा लाग्न र थप उर्जा प्रदान गर्ने उदेश्यसहित सम्मान गरिएको हो ।
गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, धुर्कोट गाउँपालिका वडा नम्बर–५ का आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याल सम्मान गरिएको हो ।
सम्मानित तीन जना कृषकलाई नगद प्रमाणपत्रले लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले सम्मान गर्नुभएको हो ।
कृषक नेपालीले इस्मामा रहेर घाँस खेती विरुवा उत्पादन गर्दै आउनु भएको छ । त्यस्तै घिमिरेले धुर्कोटमा रहेर भैंसी पालन गरेर दूध उत्पादन गर्दै आउनु भएको छ ।
अर्यालले मदानेमा रहेर कफी खेती गर्दै आउनु भएको छ । कृषि पेसामा युवाहरुको आकर्षण बढाउन र उनिहरुको काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनुभयो ।
सम्मानित हुने तीन जना कृषकहरु बिगत केहि वर्ष यता ग्रामीण क्षेत्रमा रहेर नमूना कृषकको रुपमा काम गर्दै आएका छन् । यश वर्ष देखि साधारणसभाको अवसरमा उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला सफल कृषकहरूलाई सम्मान गर्ने थालनी गरेको छ ।
साधारणसभामा हालसम्म गरेका कार्यहरूको बारेमा छलफल र आगामी दिनमा गरिने कार्यहरुको विमर्श गरिएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित
- राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना
- समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति