भारतको राममन्दिरमा नेपालको शिला

काठमाडौँ – भारतको उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिर परिसरमा नेपालको कालिगण्डकीबाट लगिएका दुइवटा शिला राखिएको छ । बेनीस्थित कालिगण्डकीको शिला उल्लेख गरेर सबैले दर्शन गर्न मिल्नेगरी सजाएर राखिएको हो ।
म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीको किनारमा रहेका दुइवटा शिलालाई भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा थापना गरिने मूर्ति बनाउनका लागि भन्दै १ वर्ष अगाडि पठाइएको थियो ।
गत वर्षको १८ माघमा कालीगण्डकी क्षेत्रबाट २४ टन र १४ टनका दुई शिला अयोध्यामा पुर्याइए पनि ती शिला भने बाहिरै राखिएको छ । दुई शिला मध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीलालाई भने गर्भगृह बाहिरै राखिएको बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो । रामको बाल्यकालको मूर्ति निर्माणका लागि लगिएका दुई शिला मध्ये एउटा काट्ने क्रममा धर्सा देखिएर त्यसबाट मूर्ति बनाउन सम्भव नभएपछि शिलालाई मन्दिर परिसरमा सजाएर पुजा गर्न मिल्नेगरी राखिएको हो ।
राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको प्रयासपछि मन्दिर निर्माण भएको हो । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिकमा गरिनेछ । राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली नेपालको जनकपुरधामस्थित जानकी मन्दिरमा भएकोले सोही दिन जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ। राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना हुनेछ। राम मन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुराली जनकपुर धामबाट सुनचाँदीका गरगहना, लत्ताकपडा, मिठाई फलफूल र फर्निचरका समान सहितका ११ सय बढी भार कोसेली राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गरिसकेको छ ।
अयोध्यामा निर्माण भएको राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिरहँदा राम मन्दिरमा नेपाली पुजारी रहेको विषयले पनि थप चर्चा पाएको छ । जनवरी २२ मा उद्घाटन हुने मन्दिरका मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतम हुनुहुन्छ । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत हुनुहुन्छ । मन्दिरको मूल पुजारी सत्येन्द्र दासले दैनिक पूजाआजा र आरती गरेपनि , मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आउनुभएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार १७:४९‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक
समाचार२०८२ असार २४, मंगलवार १६:१७भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो
समाचार२०८२ असार २४, मंगलवार ०९:१६रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार
समाचार२०८२ असार २४, मंगलवार ०७:०९त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध