Home कला, विचार/मनोरञ्जन ‘झोला’ निर्देशकको सुनिल पोखरेल ‘झिल्को’को बाट कमब्याक गर्दै

‘झोला’ निर्देशकको सुनिल पोखरेल ‘झिल्को’को बाट कमब्याक गर्दै

33
0

झोला’बाट निर्देशकको रुपमा अगाडि आएका यादव भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘भोर’पछि उनी निर्देशनमा सक्रिय थिएनन् । अब भट्टराईले फिल्म ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार साँझ गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।

फिल्म झिल्कोमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल आदिको मुख्य भूमिका रहनेछ । फिल्म सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको छ। रंगमञ्चको क्ष्रेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलले १३ वर्षपछि ‘झिल्को’बाट फिल्ममा कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनी सन् २०११ मा आएको फिल्म ‘आचार्य’मा देखिएका थिए ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई दीपक बज्रचार्यले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा फिल्मको पटकथा तथा संवादलाई तयार पारेका हुन् । यही माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको फिल्मले वर्तमान नेपाली समाजको यथार्थ रुपमा चरित्रचित्रण गर्ने निर्देशक भट्टराईले बताएका छन् ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
Previous articleभारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
Next articleगर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here