‘झोला’ निर्देशकको सुनिल पोखरेल ‘झिल्को’को बाट कमब्याक गर्दै

झोला’बाट निर्देशकको रुपमा अगाडि आएका यादव भट्टराईले ६ वर्षपछि निर्देशनमा कमब्याक गर्ने भएका छन् । सन् २०१८ मा रिलिज भएको फिल्म ‘भोर’पछि उनी निर्देशनमा सक्रिय थिएनन् । अब भट्टराईले फिल्म ‘झिल्को’बाट कमब्याक गर्न लागेका हुन् । बिहीबार साँझ गौशालास्थित गुहेश्वरी मन्दिरमा विशेष पूजाआजासहित शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।
फिल्म झिल्कोमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल आदिको मुख्य भूमिका रहनेछ । फिल्म सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको छ। रंगमञ्चको क्ष्रेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलले १३ वर्षपछि ‘झिल्को’बाट फिल्ममा कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनी सन् २०११ मा आएको फिल्म ‘आचार्य’मा देखिएका थिए ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई दीपक बज्रचार्यले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतको सहयोगमा फिल्मको पटकथा तथा संवादलाई तयार पारेका हुन् । यही माघ २२ गतेदेखि छायांकन सुरु गर्न लागिएको फिल्मले वर्तमान नेपाली समाजको यथार्थ रुपमा चरित्रचित्रण गर्ने निर्देशक भट्टराईले बताएका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा









