कांग्रेसले माघ १३ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले यही माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने पार्टी कार्यालयले जनाएको छ ।
जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने तथा महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनका रुपमा लिने अभियानको उद्देश्य रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त अभियानका लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नुभएको र केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार सात सय ४३ वटै वडामा प्रतिनिधि खटिनुहुने उहाँले बताउनुभयो । केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनुहुने यो अभियान मूलतः वडा केन्द्रित रहने पार्टी कार्यालयले जनाएको छ ।
जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रम रहने छैनन् । माघ १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन छ हजार सात सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ ।
सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्य, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका साथीहरू आफू क्रियाशील सदस्य रहेको वडामा पुग्नुपर्ने पार्टी कार्यालयलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त दिन सबै साथी वडाको कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । अभियानको यो चरण माघ २६ गते पार्टीका स्व सभापति सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुनेछ ।
कार्यक्रमको प्रारुपअनुसार तत् तत् ठाउँमा क्रियाशील रही समुदायमा कांग्रेस अभियानलाई सफल र प्रभावकारी बनाउन तथा माघ १६ गते सबै आफू क्रियाशील रहेको वडामा पुगी अभियानमा सहभागी हुन पार्टीको विभिन्न तहमा जिम्मेवारीमा रहनुभएका सबैलाई कांग्रेसले आग्रह गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार १८:१४‘मालती मंगले’को टिजर सार्वजनिक | Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २६, बिहीबार १०:४६बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २६, बिहीबार ०९:३१अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तको सांगीतिक प्रस्तुति








