अधुरा योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल
![अधुरा योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल अधुरा योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल](https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/bagmati-salikram-jammerkattel.jpg)
हेटौडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका अधुरा योजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । बिहिबार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले बहुवर्षीय प्रादेशिक अधुरा योजना तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
“कतिपय योजना अलपत्र छन्, ती योजना पूरा गर्नूस्,” मुख्यमन्त्रीले जम्कट्टेलले भन्नुभयो । अधुरा योजना सम्पन्नपश्चात् नयाँ योजना बनाउन आग्रह गर्नुहुँदै उहाँले अधुरा योजनाले गर्दा भुक्तानीमा समेत समस्या उत्पन्न हुँदै गएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा सडक विस्तारमा प्रदेश सरकार अग्रसर रहेको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“हिजोको जस्तो अवस्था छैन्, अहिले धेरै विकास हुँदै गएको छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “हामी आवश्यक नीति र योजना बनाउँछाैँ, कार्यान्वयन कर्मचारीले गर्ने भएकाले नीति र योजना अनुसार काम गरिदिनुहोला ।” उहाँले सम्पूर्ण काम कार्यसम्पादनको मूल्याङ्कन सरकारले गरिरहेको बताउनुभयो ।
प्रदेशको ठूलो बजेट भौतिक मन्त्रालय मातहतका कार्यालयमा हुने भएकाले प्रदेश सरकारको परिणामुखी नतिजा पनि पूर्वाधार विकास कार्यालयबाट हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिनुभयो ।
मन्त्रालयका सचिव अमृत श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापालगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेशभित्र रहेका आठवटा पूर्वाधार विकास कार्यालय क्षेत्रका प्रगति विवरण प्रस्तुत गरिएको थियो भने मन्त्रालय मातहतका आयोजना र निर्देशनालयको समेत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न