कर्मचारी र प्रहरीबीच भएको घटना छानविन गर्न समिति गठन

काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी बीच भएको घटना छानविनका लागि गृहमन्त्रालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
घटनप्रति मन्त्रालयको गंभिर ध्यानाकर्षण भएको भन्दै उक्त घटना बारेमा छानविन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
छानविन समितिमा नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा प्रशासन शाखाका उपसचिव कुल बहादुर जि .सी सदस्य रहनु भएको छ । समितिलाई तीन दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
शुक्रबार विहान त्रिभुवन विमान स्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई प्रहरीबाट दुर्व्यवहार एवम् हातपात भएको आरोप अध्यागमनका अधिकारीहरुले लगाएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १६, बिहीबार १८:४७वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने
समाचार२०८२ श्रावण १६, बिहीबार १८:४५बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १६, बिहीबार १७:५२ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ को नयाँ गीत रेकर्ड
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:३०प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित