Home राजनीति लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ: सभापति देउवा

लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ: सभापति देउवा

6
0

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्नुभएको छ ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरुको अन्त्य हुने बताउनुभएको हो ।

“लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए”, सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने शहीदहरूमा श्रद्धा व्यक्त गर्न, उहाँहरूको साहस, सङ्कल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइन्छ ।

सभापति देउवाले शहीद दिवसका अवसरमा देश र लोकतन्त्रको हित रक्षाका निमित्त आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्ने सङ्कल्प गर्नका लागि आग्रह गर्नुभएको छ ।

उहाँले नेपाललाई एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई ‘शहीद दिवस’ ले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleगुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद पसलमा सिल
Next articleफिल्म दयारानी’ निःसन्तान दम्पतीको कथामा आधरित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here