गण्डकीलाई पाखा लगाउँदै विभागीय टिम आर्मी प्रधानमन्त्री कपको फाइनलमा प्रवेश

काठमाडौं,१८ माघ । कमजोर ब्याटिङका बाबजुद धारिलो बलिङ गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो । आर्मीले दिएको १३३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी २३ ओभरमा मात्र ६४ रनमा अलआउट भयो ।
गण्डकीका लागि इश्वर क्षेत्रीले १६ तथा करण पंगेनीले १५ रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन छुन सकेनन् । अमृत गुरुङ, कृष्ण पौडेल र सन्दीप पराजुली शून्य रनमै आउट भए । कप्तान विपीन खत्रीले ८ रन जोडेको खेलमा रोशन गौतमले ९ रन थपे ।
बलिङतर्फ आर्मीका शाहब आलमा ४ तथा कुशल मल्ल र जितेन्द्र मुखियाले समान २ विकेट लिए ।
यसअघि कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अलआउट भएको थियो । आर्मीका लागि ओपनर इमरान शेखले ३४,सोमपाल कामीले २३, कुशल मल्लले १५, कप्तान विनोद भण्डारीले १९, शाहब आलमले १२, भीम सार्कीले १० रन जोड्दा सन्दीप राजाली र वसिर अहमद शून्य रनमै आउट भए । जितेन्द्र मुखिया ८ रनमा आउट भए ।
आर्मीलाई सस्तैमा रोक्नेक्रममा गण्डकीका विपीन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २- २ विकेट लिए भने सन्दीप पराजुली र रोशन गौतमको नाममा समान एक विकेट रह्यो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग