गुल्सनबारे कप्तान देवले भने: उसले नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको बिर्सिनु हुँदैन

काठमाडौं,२२ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फर्किएको छ ।
आज मध्यान्न स्वदेश फर्किएको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ेल समर्थक र क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान देव खनालले आफूले सोचेजस्तो नभएपनि नेपालका लागि यो ठूलो मौका भएको बताए । उनले प्रतियोगितामा आफू छिट्टै आउट भएकोमा पनि दुख व्यक्त गरे । खनालले भने, ‘मैले सबै म्याचमा राम्रो स्टार्ट पाएँ । तर ठूलो स्कोर बनाउन सकिनँ । हरेक पटक ३०–३५ रनमा आउट भएँ । यसबाट चाहिँ एकदमै निराश छु ।’
प्रतियोगीतामा नेपाली टिमबाट आशा गरिएका गुल्सन झा जस्ता खेलाडीको बलिङ र ब्याटिङ दुवै नचलेको भन्दै भईरहेको आलोचनाबारे खनालले गुल्सन नेपाली टिमको महत्वपूर्ण खेलाडी भएका बताए । उनले गुल्शनको पनि बलिङ राम्रो भएको र ब्याटिङ नचलेपनि उस्लेनै नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको कुरा भुल्न नहुने बताए ।
खनालले भने, ‘आकाश, सुभास, अर्जुनले राम्रो गरे । गुल्शनको पनि बलिङ राम्रो भयो । उसको ब्याटिङ अलिकति चलेन । तर, सधैँ चल्छ भन्ने पनि हुँदैन । गुल्शन नेपालको महत्त्वपूर्ण खेलाडी हो । उसले नेपाललाई विश्वकप र एसिया कपमा पुर्याएको बिर्सिनु हुँदैन ।’
विश्वकप खेलेर फर्किएका गुल्सन झाले नेपालले विश्वकपमा राम्रो खेलेको बताए । तर, आफ्नो प्रदर्शनबाट भने सन्तुष्ट नरहेको सुनाए । उनले विश्वकपमा ५ खेलमा २५ रन बनाएका थिए । बलिङमा भने उनले औसत प्रदर्शन गरेका थिए । file photo
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार १७:३०‘कुलिङ अफ पिरियड’ गडबडी छानविन गर्न संसदीय विशेष समिति गठन
कला, विचार/मनोरञ्जन२०८२ असार २३, सोमबार १७:२३‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २३, सोमबार १०:०५लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता