हाम्रो शरीरलाई कति नुनको आवश्यकता पर्छ ?

हाम्रो खानपानमा नुन सोडियमको सवैभन्दा मुख्य स्रोत हो। सोडियम हाम्रो शरीरका धेरै प्रक्रियाका लागि जरुरी हुन्छ। कोशिकालाई ठीक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न र ब्लड प्रेसर नियन्त्रण गर्ने काम सोडियमको उपस्थिति बिना सम्भव हुँदैन।
त्यसैले नुन अर्थात् सोडियम हाम्रो शरीरको एक जरुरी भाग हो। हाम्रो शरीरलाई जति नुनको आवश्यकता हुन्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट अर्थात् नुनबाटै पूरा हुन्छ।
वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड पनि भनिन्छ। विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसलाई नियमित पाँच ग्राम भन्दा कम नुन खाने सल्लाह दिएको छ। यो करिब-करिब एक चम्चा बराबर हो।
तर एक अनौपचारिक आंकडाकाअ नुसार नेपाल-भारत जस्ता देशमा ११ ग्रामसम्म नुन खाने गरिएको पाइन्छ।
कुनैपनि उमेरमा नुन धेरै खाँदा ब्लड प्रेसर बढ्न सक्छ। यसका साथै अन्य खतरा पनछन्। मुटुको रोग, ग्यास्ट्रिक, मष्तिस्कघात, क्यान्सर जस्ता समस्या र रक्तसञ्चारमा असर समेत पर्न सक्छ। खानपानमा नुनको मात्रा कम गरेर यसबाट जोगिन सकिन्छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









