सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्दै पारस खड्का

काठमाडौं,२६ माघ । नेपाल क्रिकेट संघ (क्यान) का सचिवसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्का पुन मैदानमा देखिने भएका छन् । खड्का सन्न्यासपछि पहिलो पटक नेपालमा क्रिकेट खेल्न उत्रने भएका हुन् ।
रुपन्देहीस्थित तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पूर्व कप्तान खड्काले खेल्न लागेका हुन् । उद्घाटनका लागि ४ टोलीबीच टि-२० प्रतियोगिता हुने कार्यक्रम रहेको छ । उद्घाटन फाल्गुन १४ गते एक्स्ट्राटेक मैदानमा नै हुनेछ ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि-२० विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् ।
क्रिकेटबाट सन्न्यास घोषणा गरेयता क्रिकेट मैदानमा नदेखिएका पारसले आफू सन्न्यासपछि पहिलो पटक मैदानमा उत्रन लागेको बताए ।
खड्का नेपाली क्रिकेट टिमका सर्वाधिक सफल क्रिकेट कप्तान हुन् । क्रिकेटबाट सन्न्यास लिएपछि उनी क्यानको बागमती प्रदेश अध्यक्ष हुँदै केन्द्रीय सचिवको जिम्मेवारीमा पुगेका छन् । file photo
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








