कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तार: नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौँ- कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियतताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ् समक्ष नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियतताको शपथ लिनु भएको हो

नव नियुक्त मन्त्रीहरुमा स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदीप सनुवार,सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जा मगर रहनु भएको छ ।
यस्तै मन्त्रीमण्डलमा कांग्रेसबाट दुई जना राज्यमन्त्री समेत नियुक्त गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त गर्नु भएको हो । नव नियुक्त राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री कार्कीले आजै पद तथा गोपनियतताको शपथ ग्रहण गराउनु भएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न









