क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, जेठ १२ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज क्वालिफायर खेल हुँदैछन् । प्रतियोगिताको पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको छ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ।
पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार आज साँझ पौने ८ बजे धर्मशालामा सुरु हुनेछ । आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा पुगेको हो।
समान खेलमा समान अंक जोडेको गुजरात रनरेटका आधारमा दोस्रो स्थानमा समेटिँदै पहिलो क्वालिफायरमा भिड्न लागेको हो। आईपीएलअन्तर्गत बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन्।
इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। इलिमिनेटरमा पराजित टिम भने प्रतियोगिताबाट बाहिरिने छ। आईपीएलको उपाधि भिडन्त भने आइतबार हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









