प्रचण्डलाई देउवाको आग्रह,गठबन्धनमा गडबड हुँदैन,आशंका नगर्नु

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले महासमिति बैठकमा गठबन्धनका विषयमा जे जस्ता विषयहरु आएपनि गठबन्धनमा कुनै गडबड नहुनेमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई आस्वस्त पार्नु भएको छ।
सानेपामा जारी काँग्रेस पदाधिकारी बैठक रोकेर बालुवाटर पुग्नु भएका काँग्रेस सभापतिले गठबन्धनको विषयमा महासमितिमा उठने विषयमा कुनै आंशका नगर्न प्रचण्डलाई आग्रह गर्नु भएको बताइएको छ।
महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्तावेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने विषयबाट संशोधन नगर्ने अडान लिएपछि सभापति देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्कालाई लिएर बालुवाटार पुग्नु भएको थियो ।
महामन्त्री थापाले गठबन्धनको विषयलाई लिएर अडाँन लिइ रहँदा सांगठानिक प्रतिवेदनले अझै अन्तिम रुप पाउन सकेको छैन ।
यस अघि आज भएको उद्घाटन सत्रलाई संवोधन गर्दै सभापति देउवाले गबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताउँदै भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उल्लेख गर्नु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने









