खैरहनीमा एक युवकको शव फेला
चितवन: पूर्वी चितवनको खैरहनीमा एक युवकको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा एक युवकको शव फेला परेको हो ।
खैरहनी २ निवासी अन्दाजी वर्ष २४ को कृष्ण प्रसाद खनालको शव फेला परेको हो । उनको घाटीमा चक्कु प्रहार भएको छ । घाटिमा चक्कु नै रहेको अवस्थामा शव फेला परेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानको लागि फरेन्सिक चिकित्सकसहित , तालिम प्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गर्न लागेको भण्डारीले बताउनुभयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास