सामाजिक सद्भाव कायम राख्न वीरगञ्जबासीलाई आग्रह

वीरगञ्ज- दुई पक्षबीचको विवादपश्चात् वीरगञ्जमा जारी निषेधाज्ञाका विषयमा मंगलबार बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रयासमा बसेको सर्वपक्षीय बैठकले एकअर्काको आस्थाको केन्द्र तथा धार्मिकस्थलको सम्मान गर्दै यस्ता किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै जातजाति, भाषा, धर्म र समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सुसम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिबद्धता गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लाभित्र खुल्लम खुल्ला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्नेलगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनी कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवम द्वन्द्वलाई उस्काउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक र्याली, जुलुस, बन्द हडताललगायतका कुनै पनि गतिविधि कुनै पनि समुदाय सङ्घसंस्थाले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, सङ्घ सस्ंथा एवं सरोकारवालाले सहयोग गर्ने निर्णय भएको प्रजिअ भुसालले बताउनुभयो ।
बैठकले सामाजिक सञ्जालमा कुनै पनि जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुरा पोष्ट गर्ने÷गराउने उपर प्रशासनबाट कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मुस्लिम समुदायका अगुवा शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारीलगायतको उपस्थिति थियो ।
यसैबीच स्थानीय प्रशासनले पर्साको वीरगञ्जमा जारी गरेको निषेधज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । निषेधाज्ञा उल्लङ्घन गरी प्रदर्शन गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक धु्रवबहादुर श्रेष्ठले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक







