चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको बताउनुभएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
“प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्छ, नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्त्वपूर्ण छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कलाकारिताकाको माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ ।”
नेपालको प्राकृतिकरूपमा सुन्दर र मौलिक प्रकृतिको रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यहाँका हिमाल, नदीनाला, छहरा, जङ्गल सबै नै चित्रकलामय रहेको छ । यसलाई पारखीहरूबाट ठोस आकार दिएर जब चित्रकलामा रुपान्तरण गरिन्छ, त्यसले दिने सन्देश धेरै नै शक्तिशाली हुन्छ भन्ने मैले महसुस गरेको छु ।” उहाँले कलाकारबाट देशको पहिचान र प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान भएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले चित्रकला प्रदर्शनका लागि विश्वका कलाकारले तयार पार्नुभएको कलाले नेपालको भूगोल र संस्कृति एवं परम्पारा चित्रमार्फत देखाइएको आफूले पाएको बताउनुभयो । काठमाडौँको आर्ट काउन्सिलमा यही फागुन ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरू समावेश गरिएको आयोजकले जनाएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









