उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच भेटवार्ता

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताउनुभयो।
नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। विभिन्न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उहाँले दिनुभयो।
नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नु भयो। उहाँले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराउनुभयो। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उहाँले प्रशंसा गर्नुभयो।
भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिनुभयो। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उहाँले गराउनुभयो।
उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिनुभयो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक








