सफलताका साथ ‘गोर्खा वारियर’ दोश्रो सातामा

काठमाडौं। फागुन ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’ दोश्रो सातामा प्रवेश गरेको छ। मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । विशेषगरी लाहुरे पृष्ठभूमिका दर्शकलाई चलचित्रले हलसम्म ल्याएको छ । काठमाडौंसहित मोफसलका केही हलमा चलचित्रको क्रेज राम्रो देखिन्छ । मुलुकका १२० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको चलचित्र ‘गोर्खा वारियर’ले पहिलो साताको व्यापारले निर्माण टिम खुसी छन्।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्मको विषयवस्तु र मेकिङ्गको तारिफ भइरहेको छ । चलचित्रलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीदेखि बलिउड अभिनेता अनुपम खेर समेतले तारिफ गरेका छन् ।
गोर्खालीको वीरताको गाथा समेटिएको चलचित्रको ‘वर्ड अफ माउथ’ बलियो भएकै कारण दर्शकको उपस्थिति हलमा निरन्तर बढिरहेको छ । दोस्रो सातामा प्रवेश गर्दै गर्दा नेपालभर मल्टिप्लेक्स र सिङ्गल स्क्रिन गरेर साठ्ठी बढी शो पाएको यसका एसोसियट वितरक रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले जानकारी दिए ।
नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रले दर्शकको मन जितेको छ। लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । कार्यकारी निर्मातामा प्रशान्त थापा,सह–निर्मातामा सुरेश राई र एसोसियट निर्मातामा ज्योती राज राई रहेका छन् ।
चलचित्र ‘गोर्खा वारियर’ ले करिब ७० वर्ष अगाडिको नेपाली समाजको अवस्थालाई पनि चित्रण गरेको छ । मलाया इमरजेन्सी जंगल वारमा सन् १९४९ मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको चलचित्रमा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप घले, त्रिचु राई, आरुस जंग सारु मगर,दिग्गज खत्री लगायतको अभिनय छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








