पार्किङ गरिएको स्कुल बसमा आगलागी

दाङ- दाङमा पार्किङ गरिएको स्कुल बसमा आगलागी भएको छ । गढवामा अवस्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हो । गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी अर्जुन योगीको घरको आँगनमा पार्किङ गरिएको बसमा आगलागी भएको छ ।
लु १ क ५३३५ नम्बरको स्कुल बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वलिले जानकारी दिनुभयो । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
पार्किङमा रहेको बसमा एक्कासि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । गढवा गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रणमा लिइएको थियो ।
राति साढे १० बजेतिर बसमा आगलागी भएको प्रिन्सिपल दिपक कुमार यादवले जानकारी दिनुभयाे । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार







