‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु

काठमाडौं। चलचित्र ‘यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो ।
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकनमा भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ। चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिए ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् चलचित्रको पहिलो चरणमा नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।
चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भई रहेको चलचित्रले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्रमा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ” दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै








