बगैँचा पतंजली योग साधना केन्द्रद्धारा टुहुरा बालिकालाई सहयोग रकम हस्तान्तरण

बगैँचा पतंजली योग साधना केन्द्रले टुहुरा २ बालिकालाई सहयोग रकम हस्तान्तरण गरेको छ । गत माघ २८ गते नीलकण्ठ नगरपालिका वडा नं ८ अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा मुत्यु भएका साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठका २ छोरीहरुलाई नगद सहयोग हस्तान्तरण गरेको हो ।
बिहीबार बगैचा योग साधना केन्द्रका अध्यक्ष बद्री सुवेदीले योग साधना केन्द्रका साधक साधिकाहरुबाट संकलन गरिएको २० हजार ७०१ रुपैँया मृतक राजकुमार श्रेष्ठका आमा मार्फत उनका छोरीहरलाइ हस्तान्तरण गरिएको बताउनुभयो ।
टुहुरो बनेका बालिकाहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरुबाट संकलन गरिएको रकम सहयोग गरिएको उहाँको भनाइ छ । उक्त सहयोग रकमले बालिकाहरुको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।





लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








