तोलामा चार सयले घट्यो सुन

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो ।
महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार चार सय तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आज भने रु एक हजार पाँच सय ३० कायम गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:४७अक्षराकाे तीज गीत ‘नाँचाैं न बरि लै’ काे छायांकन
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन








