कारले मोटरसाइकललाई ठक्कर दिंदा मालपोत अधिकृत रावतको मृत्यु

रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत रहनु भएको थियो ।
राती करिब ८:५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक बिष्टका अनुसार दुर्घटनाबाट घाइते रावतलाई तत्कालै सिद्धार्थनगर सिटी हस्पिटल पुर्याएको र चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
कारचालक लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का ५३ वर्षिय अलाउद्दिन मुसलमान र कार प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार १५:५४गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने