मस्को आक्रमणका अभियुक्त अदालतमा

रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण गरेको आरोपमा चार जनालाई कारवाही शुरु गरिएको छ ।
१ सय ३७ जनाको ज्यान जाने गरी भएको सो आक्रमण संलग्न रहेको अभियोग लागेका चार जनामध्ये तीन जनालाई आखाँमा पट्टी बाँधेर मस्कोको अदालत पुर्याएको छ ।
चौथो व्यक्तिलाई भने ह्वीलचेयरमा अदालत पुर्याइएको हो । सबैलाई आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ । क्रोकस सिटी हलमा कन्सर्ट भइरहेका बेला भएको आक्रमणको जिम्मेवारी लिंदै आतंकवादी समूह इस्लामिक स्टेटले भिडियो पोष्ट गरेको थियो ।
मस्को आक्रमण लगत्तै रुसले विना प्रमाण युक्रेनको संलग्नता रहेको दाबी गरेको थियो । युक्रेनले भने त्यसको खण्डन गर्दै बेतुकको दाबी भएको जनाएको छ । आक्रमणमा संलग्न चारै जना घाइते अवस्थामा देखिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









