मस्को आक्रमणका अभियुक्त अदालतमा

रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण गरेको आरोपमा चार जनालाई कारवाही शुरु गरिएको छ ।
१ सय ३७ जनाको ज्यान जाने गरी भएको सो आक्रमण संलग्न रहेको अभियोग लागेका चार जनामध्ये तीन जनालाई आखाँमा पट्टी बाँधेर मस्कोको अदालत पुर्याएको छ ।
चौथो व्यक्तिलाई भने ह्वीलचेयरमा अदालत पुर्याइएको हो । सबैलाई आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ । क्रोकस सिटी हलमा कन्सर्ट भइरहेका बेला भएको आक्रमणको जिम्मेवारी लिंदै आतंकवादी समूह इस्लामिक स्टेटले भिडियो पोष्ट गरेको थियो ।
मस्को आक्रमण लगत्तै रुसले विना प्रमाण युक्रेनको संलग्नता रहेको दाबी गरेको थियो । युक्रेनले भने त्यसको खण्डन गर्दै बेतुकको दाबी भएको जनाएको छ । आक्रमणमा संलग्न चारै जना घाइते अवस्थामा देखिएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २८, मंगलवार १५:१२चलचित्र ‘मैझारो’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २८, मंगलवार १२:५३कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत