गजुर नभएको आलमदेवि मन्दिर

नेपालमा धार्मिक ऐतिहासिक मठ मन्दिरहरुमा प्रायः सबैमा छानो तथा गजुरसहितको निर्माण गरिएको देखिन्छ । तर स्याङजाको कालीगण्डकी गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिक आलमदेबि मन्दिरमा भने छानो देखिदैन ।
शाहबंसीय राजाहरुले लामो समयदेखि कुल देवताको रुपमा पूजा गरिंदै आएको उक्त मन्दिरमा भने छानो राखिएको छैन । मन्दिरमा बेलाबेलामा देवताको रुपमा आगोको झिल्काझैं बनेर आउने र रुप परिवर्तन गरेर फर्कने दृश्य देखिने हुँदा आलमदेवि मन्दिरको धार्मिक महत्त्व रहेको स्थानीयको भनाइ छ ।
सो मन्दिरमा स्याङजा, पाल्पा, गुल्मी, पोखरा, बुटवल लगायतका ठाउँबाट दर्शन गर्न आउने गरेको स्थानीय गणेश पाण्डेले बताउनुभयो । मन्दिरमा चारैतर्फ पर्खाल लगाई मन्दिरको बिच भाग भने खाली राखिएको छ । मन्दिरको गजुरको रुपमा भिमसेनपातीको रुख रहको छ । सोही रुखको फेदमा भक्तजनले पुजाआजा गर्दै आएका छन् ।
शाहबंसीय राजाको कुल मन्दिरको रुपमा परिचित आलमदेबी मन्दिरमा छानो राख्दा अनिष्ट हुने भएकाले छानो नराखिएको स्थानीयले बताएका छन् । आलमदेवीमा भाकल गरेमा मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेका कारण भक्तजनहरु दर्शनका लागि आउने गरेको कालीगण्डकी गाउँपालिका वडा नं ४ का अध्यक्ष यादव प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:३०प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित
समाचार२०८२ श्रावण १६, बिहीबार ०९:१८बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
समाचार२०८२ श्रावण १५, बुधबार २०:५१मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक: प्रहरी महानिरीक्षक
समाचार२०८२ श्रावण १५, बुधबार १६:१९नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित