संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
यसअघि चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बसेको हो । बैठकमा महालेखा परीक्षक नियुक्तिका लागि छलफल हुँदैछ ।
यसअघि हिजो प्रधानमन्त्री दाहालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत छलफल गर्नुभएको थियो । सो छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुनुहन्थ्यो ।
प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।
संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।
नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ भाद्र १६, आईतवार १६:१७खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न
- कला, विचार/मनोरञ्जन२०८१ भाद्र ९, आईतवार १४:४३अठहत्तर वर्षिय शोभाकर बरालको पौराणिक आख्यानमा आधारित दोस्रो पुस्तक प्रकाशन
- समाचार२०८१ भाद्र ९, आईतवार १२:१९शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न
- समाचार२०८१ भाद्र ९, आईतवार १२:१९शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न