Home राजनीति मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्नेको पछाडी लाग्दैनौँ- रेशम चौधरी 

मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्नेको पछाडी लाग्दैनौँ- रेशम चौधरी 

3
0

नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा पार्टी विभाजनको नजिक पुगेको छ ।

सोमवार फेसुबुक स्टटास राख्दै पार्टी संस्थापक नेता रेशमलाल चौधरीले जसरी पनि सत्ताको हालिमुहाली गर्नेको पछाडी आफुहरु नलाग्ने स्पष्ट पार्नु भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनको विषयलाई लिएर पार्टी भित्र अध्यक्ष रञ्जिता चौधरी र उहाँका पति रेशम चौधरीबीचको विवाद नेता कार्यकर्ता बीच हात हालाहालको अवस्थामा पुगेको छ ।

सोमबार अनामनगरस्थित पार्टी कार्यालयमा दुई पक्षबीच कुटाकुट भएको र रेशमले अर्को पक्षलाई ज्यान मार्ने धम्की दिएको समाचार आइरहेका बेला रेशम चौधरीले फेसबूकमार्फत गरेको खण्डनले पार्टी फुटको संघारमा पुगेको अनुमान कठिन छैन ।

‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो, ज्यान मार्ने धम्की कसले दियो, सुन्ने/हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौं,’ रेशमले फेसबूकमा लेखेका छन्, ‘अनावश्यक हो-हल्लाको पछि नलागौं । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन, पहिचानवादीहरूको साझा आवाज हो ।’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
Next articleइजरायली हमलामा इरानी रिभोलुसनरी गार्डका उच्च कमाण्डरसहित सात जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here