Breaking News

परदेश

जनवरीमा श्रीलङ्कामा ५ हजारभन्दा बढी डेंगीका बिरामी

कोलम्बो, २ माघ । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ। पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी …

Read More »

हमासका उपनेतासहित छ कार्यकर्ता बेरुतमा भएको ड्रोन आक्रमणमा मारिए

लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा हमासका उपनेता सालेह अल-अरौरीको मृत्यु भएको छ । हमास नेतृत्व विरुद्ध इजरायलले गरिरहेको सर्जिकल स्ट्राइकका क्रममा लेबनानमा हमासका उपनेता अरौरीको मृत्यु भएको हो । इजरायलले यो घटनालाई लेबनान विरुद्धको आक्रमण नभएको जनाएको छ । इजरायली प्रवक्ता मार्क रेभेभले लेबनानको बेरुतमा घटना भए पनि यो विशुद्ध …

Read More »

हमास विरुद्धको युद्धमा एकैदिन २४१ जनाको मृत्यु, युद्ध महिनौं चल्न सक्ने इजरायली सेना प्रमुखको भनाइ

गाजामा हमास सैन्य समूह विरुद्ध इजरायलले गरिरहेको युद्ध अझै धेरै महिनासम्म चल्न सक्ने इजरायली सेना प्रमुखले बताएका छन् । सेना प्रमुख हार्जी हेलेजीले सम्वाददाताहरुसँग कुराकानी गर्दै तत्काल युद्ध समाप्त गर्ने जादुमय समाधान नभएको बताएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार सैन्य अभियान समाप्तिको नजिक नरहेको भन्दै चेतावनी दिनुभएको थियो …

Read More »

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ । काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । उनले एक्स (ट्वीटर) मा लेखेका …

Read More »

हमासको ‘उन्मूलन’ नभएसम्म नेतान्याहुद्वारा गाजामा युद्धविराम अस्वीकार

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताउनुभएको छ । उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ, “निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।” गाजामा सम्भावित युद्धविराममाथि …

Read More »

चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल

भरतपुर (चितवन), ४ पुस बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ । भरतपुरमा आज आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उहाँले चेपाङ समुदायको उत्थानका लागि …

Read More »

चीनको उत्तरपश्चिमी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो

मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् । मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । …

Read More »

गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ । गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो …

Read More »

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । डुंगामा करिव ८६ जना सवार रहेको दुर्घटनामा बाँचेकाहरूलाई उद्धृत गर्दै आइओएमले जनाएको छ । उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको अनुमान गरिएको …

Read More »

काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णय शक्तिको वैध अभ्यास: भारतीय सर्वोच्च अदालत

काठमाडौं – भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह चलिरहेको मुस्लिम–बहुल काश्मीरको सीमित स्वायत्ततालाई खारेज गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कदमलाई कायमै राख्दै एक वर्षभित्र त्यहाँ चुनाव गराउन आदेश दिएको छ । सर्वोच्च अदालतले उसको फैसलामा काश्मीरको सीमित स्वायत्तता खारेज गर्ने सन् २०१९ को घोषणा ‘एकीकरण प्रक्रियाको पराकाष्ठा थियो र यो …

Read More »