विश्वकप क्रिकेट: साविक विजेता इङ्ग्ल्यान्डको दोस्रो जित, नेदरल्याण्ड्स १६० रनले पराजित

काठमाडौं- आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको साविक विजेता इङ्ग्ल्यान्डको जारी विश्वकपमा दोस्रो जित हो ।
जितसँगै तालिकामा ४ अंक बनाएको इङ्ग्ल्यान्ड सातौं स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छन् । त्यसका लागि तालिकाको ८ औं स्थानमा रहन अनिवार्य छ ।
हिजो भएको आठौ खेलमा इङ्ग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रनको बलियो स्कोर बनाएको थियो । जवाफमा नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रन मात्रै बनायो ।
इङ्ग्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रनको उत्कृष्ट शतक खेले । स्टोक्सले विश्वकपमा आफ्नो पाँचौं शतक पूरा गरे । अव इङ्ल्यान्डले अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ ।
आजबाट विश्वकपको समुहका अन्तिम खेलहरु हुँदैछन् । जस अन्तरत आज दिउँसो सवा २ बजे चौथो स्थानमा रहेको न्युजिल्याण्ड र नवौ स्थानमा रहेको श्रीलंका विच प्रतिस्पर्धा हुँदैछ ।
सेमिफाइनलको प्रतिस्पर्धामा रहेका न्युजिल्याण्ड पाकिस्तान र अफगनिस्तान यी तीन देशको समान ८ अंक छ । अंक तालिकमा नेट रनरेटका आधारमा न्यूजिल्याण्ड अगाडि छ ।
पाकिस्तान दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ । त्यसैले समुहको अन्तिम खेलबाट सेमिफाइनलमा पुग्ने अन्तिम एक टोलीको टुङगो लाग्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३, आईतवार ०७:५२साउने संक्रान्तिको अवसरमा ‘तीन तीघ्रे क्या बिग्रे’को सम्पूर्ण टिम सार्वजनिक
खेलकुद२०८३ श्रावण २, शनिबार २०:३५तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २, शनिबार १६:५८इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले माइतिघरमा गरे प्रदर्शन
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध









