चलचित्र ‘गोर्खा वारियर’का निर्माता सुमन राईद्वारा भूकम्पपीडितलाई सहयोग

काठमाडौँ। चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् ।
अनुग्रह फाउन्डेसनका संस्थापक अध्यक्ष तथा चलचित्र ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडित ५५ परिवारलाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।
समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड़ नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् । गत १७ कात्तिकमा जाजरकोलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ६, बुधबार १५:५०‘कार्की साइँला’ मा जितुको जोडी बन्दै प्रियना
समाचार२०८२ फाल्गुन ६, बुधबार १५:३०जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांँग्रेस
समाचार२०८२ फाल्गुन ६, बुधबार ११:०६नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना
खेलकुद२०८२ फाल्गुन ६, बुधबार ०९:४१विश्वकपमा आज पनि तीन खेल हुँदै « रिपोर्टर्स नेपाल








