चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै,रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज - Asalkhabar
Logo

    चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै,रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज

    चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै,रोनाल्डो विरुद्धको बलात्कार मुद्दा खारेज बिष्णु प्रसाद बराल २०७९ जेष्ठ २९, आईतवार ०१:३९ मा प्रकाशित

    असल खबर-अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै खारेज गरेका छन् । सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको क्याथरिन मेयोर्गाले आरोप लगाएकी थिइन् ।रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।
    मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्। घटनालगत्तै समझौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ​ ।  एजेन्सी 

     

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु