Home परदेश नागोर्नो काराबाखस्थित इन्धन डिपोमा भयानक विष्फोटः २० जनाको मृत्यु,  तीन सय गम्भीर...

नागोर्नो काराबाखस्थित इन्धन डिपोमा भयानक विष्फोटः २० जनाको मृत्यु,  तीन सय गम्भीर घाइते

14
0

आर्मेनिया र अजरबैजानबीचको विवादित क्षेत्र नागोर्नो काराबाखमा भएको विष्फोटमा २० जनाको मृत्यु भएको छ ।

यहाँको इन्धन डिपोमा विष्फोट हुँदा अरु ३०० जना गम्भीर घाइते भएको बिबीसीले जनाएका छन । स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरु यस क्षेत्रबाट भागेका बेला यो घटना भएको हो ।

आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।

अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा यो डिपोमा इन्धन पाइने आशामा लामबद्ध भएका उपभोक्ता मारिएका आशङ्का गरिएको छ ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन् । अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै हजो राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
Next articleसंविधानले दिएको अधिकार भित्र रहेर शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः मेयर ढुंगाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here