सिरहामा अबैध कपडा बरामद

सिरहा-अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट आज फेरि अवैध कपडा बरामद गरेको छ ।
राजस्वको टोलीले विशेष सूचनाको आधारमा सिरहा नगरपालिका-१५ सुखचैनबाट अवैध कपडा बरामद गरेको हो ।
भन्सार छलेर भारतबाट ल्याइएको करिब ३२ लाख रुपैयाँ बराबरको कपडा सोमबार बिहान नियन्त्रणमा लिइएको राजस्वका प्रमुख सुरेश आचार्यले जानकारी दिए ।
सुरक्षा निकाय र प्रशासनको सेटिङमा सिरहामा तस्करी फस्टाएपछि राजस्वले विशेष निगरानी बढाएको छ ।

यसअघि राजस्वले शनिबार बिहान सिरहा नगरपालिका-१५ मा रहेको चन्द्र नारायण आधारभूत विद्यालय परिसरको बगैँचाबाट करिब ५० लाख रुपैयाँ र त्यसको अघिल्लो दिन आइतबार बिहान चोहर्वाबाट ५० लाख रुपैयाँ बराबरको कपडा लगायतका सामानसहित ट्रक पक्राउ गरेको थियो ।
मिलेमतोमा खुल्लेआम तस्करी भइरहेको सूचना बाहिरिएपछि शनिबार नै सशस्त्र प्रहरीका सिरहा प्रमुख एसपी प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट माडरका प्रमुख डीएसपी रामहरी खतिवडालाई सशस्त्र प्रहरीको प्रदेश कार्यालयले तानिसकेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न








