शिक्षासेवी सम्मानित र शिक्षा पत्रकार पुरस्कृत

काठमाडौँ- शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् । सोमबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले ती सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
समाजले रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार रूवी रौनियारलाई प्रदान गरेको छ । उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट रु दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो ।
कार्यक्रममा शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, डीन, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अङ्कुर प्रि–स्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदान गरिएको छ ।
त्यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तारीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका प्रस्तुत विद्यालय शिक्षासम्मन्धी विधेयकमाथि सरोकारवाला र विज्ञका धारणा प्रस्तुतीकरण गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








