विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

गोरखा, २० असोज । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए ।
“सहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको हो”, उनले भने “सहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन् ।”
विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।
“यसले महिलालाई आत्मनिर्भर पनि बनाउँछ”, उनले भने, “गाउँपालिका पनि स्यानिटरी प्याडमा आत्मनिर्भर हुने हुँदा रोजगारीको सिर्जना पनि हुन्छ ।” तालिम सम्पन्न भएलगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिला मिलेर संयुक्तरुपमा स्यानिटरी प्याड उत्पादन सुरु गर्ने उनले जानकारी दिए ।
स्यानिटरी प्याड निर्माणका लागि आवश्यकमेसिनसमेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो । मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले रु पाँच÷पाँच लाख लगानी गरेका छन् भने तालिममा सहभागी २१ जना महिलाले रु १५÷१५ हजारका दरले रु तीन लाख १५ हजार लगानी गरेको उनले बताए ।
गाउँपालिकामा उत्पादन गर्न लागिएको स्यानिटरी प्याड बजारमा अहिले पाइने सबै प्याडसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय प्याड उत्पादन गर्ने तयारी गरिएको छ । प्याड उत्पादनपछि प्याकेजिङ र किटाणुरहित बनाउनका लागि आवश्यक थप दुईवटा मेसिन खरिदका लागिसमेत तयारी भइरहेको संयोजक बसेलले जानकारी दिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








