सम्पादक मिलनले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी

काठमाडौँ। नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि चलचित्रको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका महासचिव युवराज कार्कीले सेलिब्रेटी नेपाल संग भने–‘विनाकारण हाम्रो प्राविधिक मुद्दामा फसेका छन् । यसैले, हामी दुई दिन हेर्छौ । यदि २ दिनमा पनि मिलनले न्याय पाएनन् भने हामी सम्पूर्ण छायांकन रोक्छौं ।’
उनले फेसबुकमा स्टाटस पनि लेखेका छन्, आगामी दिनमा प्राविधिकको रकम चुक्ता नगर्ने निर्माता, निर्देशक, कलाकारका चलचित्रमा पनि काम नगर्ने चेतावनी दिएका छन् ।
चलचित्र ‘प्रसाद २’का सम्पादक मिलन श्रेष्ठमाथि यसका निर्माता सुदर्शन बस्नेतले ‘अपराधिक विश्वासघात’को उजुरी दिएका कारण प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सम्पादक श्रेष्ठलाई विनाकारण आरोप लगाइएको भन्दै प्राविधिक संघले चाडै न्याय नपाएको खण्डमा केही दिनमै अप्रिय निर्णय लिन वाध्य हुने चेतावनी दिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल









