पाख्रीखोला लिफ्टिङ खानेपानीको आज उद्घाटन,दुई सय घरपरिवार लाभान्वित
धादिङ,२८ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा निर्माण सम्पन्न भएको पाख्रीखोला लिफ्टिङ खानेपानीको आज उद्घाटन गरीएको छ ।नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानीको प्रदेश सांसद गोविन्द लम्साल र नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिकाको ७७ लाख,२ लाख श्रमदान र सर्भिस फर पिसको ८६ लाख गरी जम्मा १ करोड ६५ लाखकोे लागतमा निर्माण सम्पन्न भएको हो । तिर्खा मुक्क्त नगरपालिका बनाउने लक्ष्यको साथ नगरपालिकाले ठुलो खानेपानी आयोजनाको कामलाई प्राथमिकता दिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । नगरपालिका भित्रका कृषि,खानेपानी,शिक्षा,स्वास्थ्य लगायतको क्षेत्रमा दातृ निकायसँगको साझेदारीमा नगरमा काम भईरहेको बताउनु भएको छ ।
खानेपानी लिफ्टिङ गर्दाको विद्युतको महशुलको ७० प्रतिशत नगपालिकाले भुक्तानी गरिदिने पनि ढुंगानाले बताउनु भएको छ । आफु पदमा रहेपनी वा नरहेपनी देश र जनताको लागि सेवा गरीरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सर्भिस फर पिसका महासचिव जिन्तु नकर्मी९खनालं०को अध्यक्षता,प्रदेश सांसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता तथा नरपालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार तथा नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,पुर्व वडा अध्यक्ष तथा नेपाली काँग्रेसका वडा सभापति भोज बहादुर रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास
- समाचार२०८१ पुष १७, बुधबार २०:३५संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न
- समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल