Home कला, विचार/मनोरञ्जन ‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

1
0
‘महाजात्रा’ को शुभमुहूर्त संगै छायाँकन सुरु

काठमाडौं। निर्देशक प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट सुरु भएको जानकारी दिएको हो ।

पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ । ४५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रलाई काठमाडौं र जनकपुरमा खिचिनेछ । ‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक प्रदीप भट्टराईले यो चलचित्रमा बहुघटनाको कथावस्तु चित्रण हुने बताए । ‘एउटा घटनाको ‘जात्रा’ थियो । दुई टिमको घटनामा ‘जात्रैजात्रा’ बन्यो । त्यो हिसाबले ‘महाजात्रा’ धेरै घटनाको कथावस्तु हो,’ उनले भने ।

शुभमुहूर्त अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले उत्साह व्यक्त गरे । हरिवंश क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए । चलचित्रमा हरिवंश र विपिनका अलवा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ ।

आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको चलचित्रको निर्मातामा म्याक्स दीपेश खत्री छन् । चलचित्रको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्धन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीत आशिष अविरलको रहनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  फ्राइडे रिलिज : हलमा दुइ राजुको सिनेमा ‘ईश्वर’ र ‘ब्ल्याक छाया’
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleभोलि (बिहीबार) देखि देशभरका सबै सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने
Next articleपोल्याण्डको सुन्दर शहर रोस्लाभमा ‘शुभ दिपावली विशेष कार्यक्रम २०८०’ हुँदै