गीतकार तथा पत्रकार पाण्डे इनास नेपालको अध्यक्षमा निर्वाचित

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल च्याप्टरको अध्यक्षमा गीतकार तथा पत्रकार दयाराम पाण्डे निर्वाचित भएका छन् । काठमाडौँमा बुधवार भएको अधिवेशनबाट अध्यक्ष पाण्डेसहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
सो अधिवेशनबाट तीन उपाध्यक्षहरू ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र अर्जुन पोखरेल, महासचिवमा बलराम अधिकारी, सचिवमा शङ्कर पाण्डे, कोषाध्यक्षमा सुनिल मानन्धर तथा सदस्यहरू पुष्प खड्का, युवराज चौलागाईँ, माण्डवि त्रिपाठी, कविराज गहतराज, रामशरण घिमिरे, भूमिका शाह, पूर्ण लामा, नरेन खड्का, सुरेन्द्र श्रेष्ठ, कृष्ण केसी, विबुध लुइँटेल र कल्पना आचार्य निर्वाचित भएका हुन् । सन् २०२३ देखि २०२५ सम्मको लागि १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनमा इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल, वरिष्ठ उपाध्यक्ष रामचन्द्र केसी, उपाध्यक्ष सबु गदाल कार्की, उपाध्यक्ष अर्जुन काफ्ले, कोषाध्यक्ष कुलराज थापा, एसिया महादेश संयोजक लोकराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । निर्वाचन समितिमा संयोजक अधिवक्ता सेमन्तमणी खराल र सदस्यहरूमा निर्देशक जनकदीप पराजुली र पत्रकार जीवन पराजुली रहेका थिए ।
निर्वाचित भएपछि अध्यक्ष पाण्डेले नेपाल च्याप्टरलाई विश्वभरका अन्य च्याप्टरहरूभन्दा उत्कृष्ट बनाउन आफू दृढ रहेको बताए । सन् २०१२ मा युरोपको पोल्यान्डमा गठन भएको इनासका विश्वका ७३ मुलुकमा शाखाहरू रहेका छन् । यसको मुख्यालय नेदरल्याण्डमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार १५:२९नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal
समाचार२०८३ आश्विन ६, मंगलवार १३:४३कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:२३‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal









