‘दिमाग खराब’ को सन्तोषजनक व्यापार,‘वर्ड अफ माउथ’ अब्बल

काठमाडौँ। कार्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले आक्रामक व्यापार गरिरहेको छ। आज रिलिजको पॉचौ दिन हो । अब्बल वर्ड अफ माउथका कारण यो चलचित्रको व्यापार आज पनि बिहानी सो देखिनै आक्रामक देखिएको छ । सिनेमा हलका अनलाइन साइटमा हेर्दा बिहान देखि राती सम्मका शोमा दर्शकको चाप देखिएको छ। चलचित्रको बिषयमा दर्शकको प्रतिक्रिया एकदम राम्रो भएका कारण व्यापार अझै बढ्ने देखिन्छ । तिहार बिदाको फाइदा सिनेमाले पर्याप्त मात्रामा उठाइरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ४, आईतवार १७:२२रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ४, आईतवार १६:३३स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
समाचार२०८३ आश्विन ४, आईतवार १५:१५गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ४, आईतवार १०:१७‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै









