जुवातास खेल्ने एक सय ६५ जना पक्राउ, ३५ लाख बरामद

काठमाडौँ, ३० कात्तिक ।
तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुका साथबाट रु ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ ।
यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।
आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो । सोही अवधिमा भएका सडक दुर्घटनामा सात जनाको मृत्यु र तीन सय ३० जना घाइते भएका थियो ।
करिब एक करोड बराबरको धनमाल चोरी भएको र शङ्कास्पद सात जनालाई पक्राउ गरिएको थियो । यसैबीच, केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







