प्रदेश सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र : मुख्यमन्त्री पाण्डे

दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी अस्पतालको उद्घाटन समारोहमा आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सरकारले स्वास्थ्य क्षेत्रको बजेट घटाएको छैन । हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” गण्डकी प्रदेशमा नौ सय भन्दा बढी डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्था रहेकामा अहिले त्यसलाई घटाएर दुई सय ५४ जनामा झारिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
यो वर्षभित्र गण्डकी प्रदेशमा कुनै मिर्गौला बिरामीले डायलासिसका लागि पालो पखिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै पाण्डेले सङ्घ सरकार र दातृ निकायको सहयोगमा त्यसलाई शून्यमा झार्ने प्रयत्न गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले क्यान्सरका बिरामीलाई रु एक लाखसम्म उपचार खर्च दिने निर्णय गरिएको भन्दै दश वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा सेवा निःशुल्क दिने तयारीमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही काम गर्ने प्रयत्न गरेका छौँ, स्रोत र साधनको कमीका कारण सोचेजति गर्न सकेका छैनौँ ।”फरक प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले सङ्घीयताका विरुद्ध आवाज उठ्न थालेको बताउँदै सङ्घीयतालाई बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो । धेरै ठूलो बलिदानबाट सङ्घीयता आएकाले यसको सफल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “सङ्घीयताको कार्यान्वयनका लागि प्रधानमन्त्री प्रचण्डको योगदान रहनुपर्छ, उहाँकै कारण आज सङ्घीयता आएको हो ।”
परिवर्तनलाई प्रहार गर्न केही तत्व सक्रिय रहेको भन्दै उहाँले यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार १२, शुक्रबार २१:४४आज एम्बाप्पे र हालान्ड आमने-सामने हुँदै
समाचार२०८३ असार १२, शुक्रबार १९:२४नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु
कला, विचार/मनोरञ्जन२०८३ असार १२, शुक्रबार १३:३५नीताको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक
सूचना-प्रविधि२०८३ असार १२, शुक्रबार १२:०७राज्यकाे अर्बाैँ रकम बचत हुनेगरी सफ्टवेयरकाे लागि छुट्टै कार्यालय खोल्दै सरकार









