‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा

काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा मंसिर ९ गतेदेखि हुने ‘थाहा फिल्म फेस्टिभल’ को सम्पुर्ण तयारी पुरा भएको छ । ‘पर्यटनका लागि फिल्म फेस्टिभल’ भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते फेस्टिभलको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार ‘थाहा फिल्म फेस्टिभल’ को पहिलो दिन थाहाका प्रमुख पर्यटकीय स्थल चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई समेटिएको छ करिब ३६ मिनेटको वृत्तचित्र प्रदर्शन गरिनेछ। फेस्टिभलमा अन्य नेपाली फिल्म ‘राधा’, ‘ऐना झ्यालको पुतली’, ‘बुलबुल’, ‘आमा खाण्डो’, ‘डेसान’ र ‘प्रकाश’ निःशुल्क प्रदर्शन गरिनेछ।
सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट्स अफ राधा’ मा वेपत्ता भएका पतिको खोजीमा संघर्षरत महिलाको कथा समेटिएको छ। सृष्टि श्रेष्ठ मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, निश्चल बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।
फिल्म ‘ऐना झ्यालको पुतली’ मा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीले शिक्षाका लागि गर्ने संघर्षलाई देखाइएको छ। साथै दिदी र भाइको भावनात्मक सम्बन्धको कथा पनि छ। सुजित बिडारीको डेब्यु निर्देशित फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।
विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ मा टेम्पो चालक महिलाको संघर्ष प्रस्तुत गरिएको छ। फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसाल मुख्य भूमिकामा देखिएका छन्। अन्य कलाकार जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, एलिना कार्की लगायतको अभिनय छ।
मुस्ताङी भाषाको पहिलो नेपाली फिल्म हो ‘आमा खाण्डो’। फिल्ममा मुस्ताङबाट जाडो छल्न सहरतर्फ हिँडेकी एक आमाको संघर्ष कथा प्रस्तुत गरिएको छ। आमा खाण्डोको नेपाली अर्थ परी आमा भन्ने हुन्छ। फिल्ममा पेमा डोल्कर, कर्णवीर बलिया, कार्चुङ, न्यिमा डोल्मा, छिरिङ ढोन्डुप, लाक्पा वाङदी, सम्तु गुरुङ भुम्चुङलगायतको अभिनय छ। ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको छ।
नम्रता सापकोटा मुख्य भूमिकामा रहेको फिल्म ‘डेसान’ले विवाहेत्तर सम्बन्धको कथा भन्छ। फिल्ममा नारी संवेदना, पारिवारिक प्रेमका साथै असमझदारीको कथा छ। अविश्वासले वैवाहिक जीवनमा उत्पन्न कलहको कथा फिल्ममा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ। फिल्म कमल एक्चै मगरले निर्देशन गरेका हुन्।
फिल्म ‘प्रकाश’ मा जुम्लाका एक युवकको शिक्षक बन्ने सपनालाई देखाइएको छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। प्रदीप खड्का र दिया मास्के मुख्य भूमिकामा रहेको फिल्ममा रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायत कलाकारले अभिनय गरेका छन्।
फेस्टिभलमा प्रदर्शन गरिने सबै फिल्म पालुङ जेसीजको हलमा देखाइनेछ। थाहा कला केन्द्र आयोजना गरेको फिल्म फेस्टिभल मंसिर १५ गतेसम्म चल्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ६, मंगलवार १५:२९नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal
समाचार२०८३ आश्विन ६, मंगलवार १३:४३कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:२३‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal









