भ्रष्टचारीलाई ठेगान नलाएसम्म विकास सम्भव छैनः डा. चन्द्र भण्डारी

गुल्मी- नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारीले भ्रष्टचारीलाई ठेगान नलाएसम्म देशको विकास सम्भव नभएको बताउनु भएको छ ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै ती भ्रष्टाचारीहरुलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको बताउनु भएको हो ।
त्यसबखत उहाँले भ्रष्टाचार गर्ने ब्यक्तिलाई तीन पुस्तापछिसम्म पनि नछाडने उद्घोष गनुभयो । शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको उहाँको भनाइ छ ।
पछिल्लो समय राजनीतिमा व्यक्तिबादी हावी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस गुल्मीको दुई दिनसम्म चल्ने सम्मेलनले गुल्मी घोषणा जारी गर्दै भोलि आइतबार सकिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा









