सडक निर्माणमा भएको खर्चले प्रतिफल दिएन : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक पूर्वाधार निर्माणमा गरिएको खर्चले आवश्यक प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । उहाँले घरघरमा बाटो लैजाने योजना कार्यक्रमले निर्दिष्ट लक्ष्य हासिल नहुने भएकाले बस्ती विकासको योजना आवश्यक भएको उल्लेख गर्नुभयो ।
प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा तथा आयोजना बैंक सञ्चालनसम्बन्धी अन्तक्र्रियाका क्रममा उहाँले अहिलेको विकासको योजनाले लक्ष्यअनुसारको उपलब्धि हासिल गर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बीस घरमा बाटो लैजान रु २० करोड लगानी गर्दासमेत पक्की हुने अवस्था छैन । बस्ती विकासबारे दोस्रो पञ्चवर्षीय योजनामा पुनःविचार गर्नुपर्दछ, त्यसमा गृहकार्य भएको छ । अब घरमा बाटो लैजाने कि बाटोमा घर ल्याउने त्यो बारेमा बहस जरुरी छ । यस्तै किसिमबाट घरघरमा बाटो लैजाने मोडालिटी लिने हो भने अर्बौँ खर्च गरे पनि बाटो बनाउन सक्दैनौँ ।”
मुख्यमन्त्री पाण्डेले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायनको मानसिकता र प्रवृत्ति बढिरहेकाले बसाइँसराइ रोक्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय योजनामा पहिलो प्राथकितामा राख्न आग्रह गर्नुभयो । प्रदेशलाई आवश्यकभन्दा बढी संरचना समायोजना गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
“हाम्रो प्रदेशलाई आवश्यकताभन्दा बढी संरचना जसले पाँच वर्ष खासै काम गर्न सकेनन् । त्यसलाई समायोजन गर्ने र प्रदेश सरकारपछिका नयाँ संरचना र पहिला भएका संरचना कमभन्दा कम बनाउँदै काम गर्ने कसरी बनाउने पञ्चवर्षीय योजनामा हुनुपर्दछ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । जनताको अहिले पनि सडक, सिँचाइलगायतको माग बढी हुने भएकाले योजनामा त्यस्ता कार्यक्रमलाई समावेश गर्नु चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले सङ्घीयतामाथि गम्भीर प्रश्न उठेकाले सरकारमा रहँदा राम्रो काम गर्ने र मन्त्रीहरू फराकिलो बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यकताका आधारमा योजना छनोट गरिनुपर्ने र त्यसका लागि नीति योजना आयोगले रिसर्चको कामसमेत गर्नुपर्ने बताउनुभयो ।
नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले सङ्घीयतामाथि उठेका विभिन्न प्रश्नहरूको प्रदेश सरकारले कामबाटै जवाफ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यले प्रदेशको दीर्घकालीन हित, विकास र समृद्धिलाई प्राथकिता दिएर योजना बनाउनुपर्नेमा जोड दिनुभएको थियो । स्थानीय तहबाट योजना सङ्कलन गरी आयोजना बैंकका माध्यमबाट प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा सहभागीको जोड थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री








