टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

टीकापुर (कैलाली), १३ मङ्सिर । कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका–७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
महताको तीन वर्षदेखि पाठेघरमा समस्या थियो । निकै दुःख झेलिरहेकी महतोले टीकापुरमै दुरबिनको सहायतामा शल्यक्रिया गर्न पाएपछि खुसी भएकी छिन् ।
“पेट चिर्नुपर्छकि भनेर डराएकी थिएँ । टीकापुर अस्पतालमा पेट नचिरेरै शल्यक्रिया हुन्छ भनेर डाक्टरले भनेपछि शल्यक्रिया गर्न तयार भएँ”, उनले भनिन्, “समयमै उपचार पाएँ । खुसी लागेको छ । तीन दिनमै हिँडडुल गर्न सक्छु । अस्पताल परिवारलाई धन्यवाद दिन चाहन्छु ।”
महतोका छोरा कृष्णले उपचारका लागि बाहिर जानु नपर्दा सहज भएको बताए । “अन्य जिल्लामा उपचारका लागि जानु परेको भए खर्च धेरै हुन्थ्यो । हाम्रो आर्थिक अवस्था कमजोर भएकाले यही उपचार हुँदा सहज भएको छ”, उनले भने, “स्वास्थ्य बीमा भएकाले उपचार खर्च कम लागेको हो ।”
चिकित्सकका अनुसार सामान्यतया दुरबीनको माध्यमबाट पेट नचिरी सानो–सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक विधि भनिन्छ ।
अस्पतालमा पहिलो पटक यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सञ्जयकुमार दासले बताए । “टीकापुरमा पहिलो पटक शल्यक्रिया गरिएको हो । बिरामीलाई करिब तीन वर्षदेखि पाठेघरमा समस्या रहेछ । लामो उपचार गर्दा पनि आराम नभएपछि पाठेघरको शल्यक्रिया गर्नुपरेको हो”, उनले भने, “पेटमा तीन ठाउँमा प्वाल बनाएर शल्यक्रिया गरिएको छ । उनलाई शल्यक्रिया गरिएको तीन दिनमै घर पठाएका छौँ ।”
शल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञद्वय डा दास, डा नारायण पौडेल, एनेस्थेसियोलोजिस्ट डा अनु शर्मा, सहायक एनेस्थेसियोलोजिस्ट सन्तोषराज जोशी, ममता रावत, स्वास्थ्यकर्मी पुष्प धमाला, सुमित्रा पुनमगर, अर्चना शाह, रोशनी पुनमगर, रङ्गीना चौधरीलगायत प्रसूति बार्डका नर्सहरुको टोली खटेको थियो ।
डा दासले दुरबिनबाट शल्यक्रिया गर्दा छोटो समयमा नै बिरामी घर फर्कन र सामान्य काम गर्न सक्ने हुने तथा कम जोखिम हुने बताए । “ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्दतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको छ”, उनले भने, “यो विधि बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधि हो ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २, शनिबार २०:३५तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया









