दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

धादिङ,२५ मंसिर ।
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै धादिङबेशीको पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्।
बालाचतुर्दशी पर्व मनाउन विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।
बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि विभिन्न स्थानबाट आएका भक्तजनको भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार ०९:०४को हुन राखेपको उपाध्यक्ष नियुक्त भएका गोलकिपर?
समाचार२०८३ जेष्ठ २७, बुधबार १९:०५धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
समाचार२०८३ जेष्ठ २७, बुधबार १४:१७धादिङका पत्रकारद्धारा प्रशासनको मुलगेटमा धर्ना
सूचना-प्रविधि२०८३ जेष्ठ २६, मंगलवार २१:०५नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुन भन्छन्- जाँगर लागे काम गर्छु, नभए मन्त्रालयमै सुत्छु







