चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति दलीय भागबन्डाको विषय बनाउन हुँदैनः डा. केसी

काठमाडौं, २६ मंसिर । डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरु छनोटमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाएका छन् । आयोगका निर्देशकहरु छनोटमा योग्यलाई पाखा लगाएर नीजि संस्थामा काम गरिरहेका ब्यक्तिहरुलाई सर्टलिस्टमा निकालिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
आफूहरुले चिकित्सा शिक्षा सुधारका लागि बारम्बार ध्यानाकार्षण गराउँदा पनि दलीय भागबन्डाका आधारमा नीजि क्षेत्रमा कार्यरत ब्यक्तिहरुलाई सर्टलिस्टमा समावेश गरिएको उनको आरोप छ । आयोगका निर्देशकहरुको नियुक्ति दलीय भागबन्डाको विषय बनाउन नहुने उनको भनाई छ ।
‘
सरकार र दलका नेताहरुले आयोगका निर्देशकहरु नियुक्तिमा समेत दलीय भागबन्डाबाट कार्यकर्ता भर्ती गर्ने, हस्तक्षेप गर्ने र नाजायज लाभ लिने काम गर्न खोजेको उनको भनाई छ । दलीय आधारमा नियुक्ति प्रक्रिाय नरोकिएर जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको उनले बताएका छन् ।
‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ,’– केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षा आयोगले चार जना निर्देशक माग गरेको थियो । जसमा १२ जनाको नाम सर्टलिस्टमा निकालिएको छ । उनीहरुको अन्तरवार्ता भने अहिले रोकिएको छ ।
‘
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









